दफा १३
युवा सम्बन्धी संघ, संस्थालाई आवद्धता प्रदान गर्ने
(१) युवाको हक, हितको संरक्षण गर्ने उद्देश्य राखी प्रचलित कानून बमोजिम दर्ता भएका युवा सम्बन्धी कुनै संघ वा संस्था परिषद्मा आवद्घ हुन चाहेमा देहायको विवरण खुलाई परिषद् समक्ष निवेदन दिनु पर्नेछः–
(क) संघ वा संस्थाको नाम,
(ख) संघ वा संस्थाको उद्देश्य,
(ग) संघ वा संस्थाको नवीकरण बहाल रहने अवधि,
(घ) संघ वा संस्थाको कार्य समितिका सदस्यहरुको नाम र ठेगाना ।
(२) उपदफा (१) बमोजिम निवेदन दिंदा सम्बन्धित संघ वा संस्थाको विधान समेत संलग्न गर्नु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम प्राप्त निवेदन सहितका कागजात जाँचबुझ गर्दा निवेदकको माग बमोजिम त्यस्तो संघ वा संस्थालाई परिषद्सँग आवद्घता प्रदान गर्न उपयुक्त देखिएमा परिषद्ले तोकिए बमोजिमको दस्तुर लिई सो संघ वा संस्थालाई परिषद्सँग आवद्धता प्रदान गर्नेछ ।
(४) उपदफा (३) बमोजिम परिषद्मा आवद्धता भएका युवा सम्बन्धी संघ वा संस्थाले आफ्नाे आवद्धता कायमै राख्न चाहेमा प्रत्येक पाँच वर्षमा तोकिए बमोजिमको दस्तुर परिषद्मा बुझाई नवीकरण गर्नु पर्नेछ ।
(५) उपदफा (३) बमोजिम परिषद्सँग आवद्ध भएका युवा सम्बन्धी संघ वा संस्थाले आफूले वर्षभरि गरेको कामको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र परिषद् समक्ष पेश गर्नु पर्नेछ ।
(६) युवा सम्बन्धी संघ वा संस्थाको आवद्धता नवीकरण, आवद्धता रद्द र तत्सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।